अटो पल्टिँदा एक चालकको मृत्यु

नेपालभ्युज

अटो पल्टिँदा एक चालकको मृत्यु
सांकेतिक तस्वीर

गोदावरी। कैलालीको धनगढी उपमहानगरपालिमा–३ बोराडाँडी चोकमा अटो पल्टिँदा एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा दुर्घटनामा दार्चुला लेकम गाउँपालिका–३ घर भई हाल धनगढी–४ उत्तरबेहडी बस्दै आएका ५० वर्षीय लक्ष्मणसिंह बोहरा रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

अटो अचानक अनियन्त्रित भई पल्टिँदा छाती, पेट र हातमा चोट लागी घाइते भएका अटो चालकको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा ज्यान गएको प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved