बजेट सक्न पत्रकारलाई पाँच लाख भ्रमण भत्ता

नेपालभ्युज

बजेट सक्न पत्रकारलाई पाँच लाख भ्रमण भत्ता

काठमाडौं। सुदूरपश्चिम प्रदेश सरकारको बजेटमा पत्रकारहरूले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा भ्रमण गरेका छन्।

प्रदेशको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयअन्तर्गत प्रदेश पर्यटन विकास कार्यक्रम कार्यान्वयन इकाइको बजेटमा पत्रकारहरूले भ्रमण गरेका हुन्।

चालु आर्थिक वर्ष २०७८र०७९ मा सुदूरपश्चिम सरकारले पर्यटन प्रवर्द्धनका लागि भन्दै पत्रकारहरूलाई खप्तड भ्रमण कार्यक्रमअन्तरगत ५ लाख बजेट छुट्याएको थियो।

तर, नेपाल पत्रकार महासंघ सुदूरपश्चिम समितिको आग्रहमा उक्त शीर्षक संशोधन गरेर कार्यशाला गोष्ठी र पत्रकारहरूलाई नै शुक्लाफाँटा सफारी गराउने कार्यक्रम तय गरिएको पर्यटन विकास कार्यक्रम कार्यन्वयन इकाइका प्रमुख भोजराज पाठकले बताए।

सोहीअन्तर्गत धनगढीसहित सुदूरपश्चिमका पत्रकारहरूले हिजो (बुधबार) देखि आजसम्म शुक्लाफाँटा सफारी गरेका छन्। यसरी सरकारी बजेटमा पत्रकारलाई सफारी गराएपछि अहिले सरकारको आलोचनासमेत भइरहेको छ।

यता, पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिका महासचिव रामसिंह ठगुन्नाले दुईदिने सफारी कार्यक्रममा पत्रकारहरूसँग अन्तरक्रियासमेत गरिएको बताए। यसले पर्यटन क्षेत्रको विकासमा सहयोग पुग्ने उनको दाबी छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved