७७ ओटै जिल्लामा शाखा विस्तार गर्ने निजी क्षेत्रको पहिलो बैंक

नेपालभ्युज

७७ ओटै जिल्लामा शाखा विस्तार गर्ने निजी क्षेत्रको पहिलो बैंक

काठमाडौं। देशका सबै जिल्लामा ग्लोबल आईएमई बैंकको शाखा पुगेको छ।

डोल्पाको दुनैमा नयाँ शाखा खोलेसँगै बैंकका ७७ वटै जिल्लामा पुगेको हो। ७७ वटै जिल्लामा शाखा विस्तार गर्ने निजी क्षेत्रको पहिलो बैंक पनि भएको छ। बैंकले डोल्पाको ठूलीभेरी नगरपालिका–३ दुनै बजारमा २८९औ नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको हो।

बैंकले ७७ जिल्लामा २८९ शाखा, २६२ एटीएम, २७५ शाखा रहित बैंकिङ सेवा, ५१ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ८७५ भन्दा बढी सेवा केन्द्रबाट २८ लाख भन्दा बढी ग्राहकमाझ सेवा प्रदान गरिरहेको छ।

त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेशिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङलगायत मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्‍याउँदै आइरहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved