अर्थ मन्त्रालयको सीसीटीभी फुटेज हेरेर सरकारले स्पष्ट पार्नुपर्छ : सुवास नेम्बाङ

नेपालभ्युज

अर्थ मन्त्रालयको सीसीटीभी फुटेज हेरेर सरकारले स्पष्ट पार्नुपर्छ : सुवास नेम्बाङ

काठमाडौं । नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले करको दर परिवर्तन गर्दा अनाधिकृत व्यक्ति अर्थमन्त्रालयमा प्रवेश गरेको विषयमा सीसीटीभी फुटेज हेरेर सरकारले स्पष्ट पार्नुपर्ने बताएका छन्।

संसद‍् दिवसका अवसरमा बिहीबार संसद‍‍् भवन बानेश्वरमा आयोजित कार्यक्रममा नेम्बाङले अर्थमन्त्रालयमा अनधिकृत व्यक्ति गएर करको दायरा हेरफेर गरेको विषय प्रतिपक्षीले सदनमा आवाज उठाइरहेको भन्दै यसबारे सीसीटीभी फुटेज हेरेर सरकारले जवाफ दिनुपर्ने बताए।

त्यस्तै उनले एसपीपीका विषयमा पठाइएको पत्रका विषयमा प्रश्न उठेपछि रक्षा मन्त्रालय र सेनाले उक्त पत्र सदनमा पठाउनुपर्ने जिकिर गरे। सदनमा पत्र आइसकेपछि त्यसमा संलग्नबारे स्पष्ट हुने र संसद‍्को भूमिका पनि प्रभावकारी हुने उनको भनाइ छ।

सांसदहरूले उठाएका प्रश्नको स्पष्ट जवाफ आउन नसके सदन कमजोर हुने उनले बताए। प्रतिपक्षीलाई बाहिर राखेर छलफल गर्ने कुरा संसदीय अभ्यासभित्र नपर्ने भन्दै यसमा सबैले ध्यान दिनुपर्ने नेम्बाङले उल्लेख गरे।

अहिले पनि उपसभामुख र राष्ट्रियसभा उपाध्यक्षको पद खाली रहेको भन्दै यसको जिम्मेवारी सबै दलले लिनुपर्ने उनको भनाइ थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved