घर भत्किँदा एक बालिकाको मृत्यु

पानी परेपछि घर भत्किँदा च्यापिएर करिश्माको मृत्यु भएको प्रहरी निरीक्षक लालबहादुर बमले जानकारी दिए।

नेपालभ्युज

घर भत्किँदा एक बालिकाको मृत्यु

महेन्द्रनगर। कञ्चनपुरमा घर भत्किँदा एक बालिकाको मृत्यु भएको छ। घटनामा परी दुईजना घाइते भएका छन्।

बेदकोट नगरपालिका–५ पोखरीमा बुधवार घर भत्किँदा चार महीने बालिका करिश्मा खुनाको ज्यान गएको हो।

बेदकोट–४ धरमपुरकी पार्वती खुना छोरी करिश्मालाई लिएर स्थानीय प्रेम साउदको खेतमा काम गर्न गएकी थिइन्। त्यहाँ घरमा पार्वतीले करिश्मा र ११ वर्षीय छोरा अर्जुनलाई छोडेर रोपाइ गर्न गएकी थिइन्।

पानी परेपछि घर भत्किँदा च्यापिएर करिश्माको मृत्यु भएको प्रहरी निरीक्षक लालबहादुर बमले जानकारी दिए।

घटनामा परेर सोही वडाका ४० वर्षीय मान्टे थारु र अर्जुन घाइते भएका छन्। दुवै जनाको महाकाली अस्पतालमा उपचार भइरहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved