चेल्सीबाट इन्टर पुगेका लुकाकुलाई ९० नम्बर जर्सी

गतवर्ष मात्रै इन्टरबाट चेल्सी पुगेका लुकाकु फेरि लोनमा पुरानै क्लब फर्किएका हुन्। उनी गतवर्ष कीर्तिमानी रकम ९७.५ मिलियन पाउन्डमा इन्टरबाट चेल्सी पुगेका थिए।

नेपालभ्युज

चेल्सीबाट इन्टर पुगेका लुकाकुलाई ९० नम्बर जर्सी

काठमाडौं। बेल्जियमका स्टार फरवार्ड रोमेलु लुकाकु इन्टर मिलानमा आबद्ध भएका छन्। चेल्सीबाट लुकाकु इन्टर पुगेका हुन्।

प्रिमियर लिगबाट सिरी ए पुगेका लुकाकुले इन्टरमा ९० नम्बरको जर्सी पाएका छन्। उनी चेल्सीबाट एक सिजनका लागि लोनमा इन्टर गएका हुन्।

गतवर्ष मात्रै इन्टरबाट चेल्सी पुगेका लुकाकु फेरि लोनमा पुरानै क्लब फर्किएका हुन्। उनी गतवर्ष कीर्तिमानी रकम ९७.५ मिलियन पाउन्डमा इन्टरबाट चेल्सी पुगेका थिए। चेल्सीमा एक सिजन बिताएर २९ वर्षीय लुकाकु फेरि इन्टर फर्किएका हुन्।

लुकाकुले चेल्सीसँग गतवर्ष पाँच वर्षको सम्झौता गरेका छन्। सन् २०१४ मा चेल्सी छाडेर एभर्टन गएका उनी सात वर्षपछि गतवर्ष चेल्सी फर्किएका थिए।

सन् २०१४ देखि २०१७ सम्म एभर्टनबाट खेलेका लुकाकुले १६६ खेलमा ८७ गोल गरेका थिए। उनी सन् २०१७ देखि २०१९सम्म म्यानचेस्टर युनाइटेडमा रहेका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved