सभा र गोष्ठीमा मात्र सीमित हुने खालका कार्यक्रम नगरौं : मुख्यमन्त्री राउत

नेपालभ्युज

सभा र गोष्ठीमा मात्र सीमित हुने खालका कार्यक्रम नगरौं : मुख्यमन्त्री राउत

जनकपुरधाम। मुख्यमन्त्री लालबाबु राउतले संयुक्त राष्ट्र संघीय दातृ निकायहरूलाई समाजले प्रत्यक्ष अनुभूति गर्ने खालका कार्यक्रमहरूमा लगानी गर्न आग्रह गरेका छन्।

नेपालका लागी संयुक्त राष्ट्रसंघीय दिगो विकास कार्यढाँचा २०२३–२०२७ को तर्जुमासम्बन्धी प्रदेशस्तरीय परामर्श कार्यक्रममा मुख्यमन्त्री राउतले सभा गोष्ठीमा मात्र सीमित हुने खालका कार्यक्रमभन्दा जनताले प्रत्यक्ष अनुभूति गर्ने जस्ता कार्यक्रमहरू तर्जुमा गर्न आग्रह गरे।

उनले मानवीय विकास सुचकांकमा पछि परेका मधेश प्रदेशको आवश्यकतालाई पहिचान गरी गरिब दलित, महिला , मुस्लिमजस्ता लक्षित वर्गको कार्यक्रमहरू समेटनुपर्नेमा जोड दिए।

कोरोना महामारी ताका संयुक्त राष्ट्रसंघीय निकायहरूले गरेको सहयोग प्रशंसनीय रहेको उल्लेख गर्दै मुख्यमन्त्री राउतले छोरीहरूको शिक्षाका लागी प्रदेश सरकारले सञ्चालन गर्दै आएको कार्यक्रममा भौतिक सहयोग सहितको कार्यक्रम ल्याउन सुझावसमेत दिए।

विभिन्न क्षेत्रमा आ-आफनै पाराले काम गरि रहेको गैरसरकारी संस्थाहरूलाई एउटै छातामुनि ल्याउन प्रदेश सरकारले पहल गरिरहेको उल्लेख गर्दै मुख्यमन्त्री राउतले महिला बालबालिका मन्त्रालयमा एउटा छुट्टै शाखा राखेर एकीकृत योजना ल्याउनुपर्ने जिकिर गरे।

प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. भोगेन्द्र झाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रदेशसरकारका विभिन्न निकायका प्रमुख तथा पदाधिकारीहरू, संयुक्त राष्ट्रसंघीय निकायका प्रतिनिधिसहितको सहभागिता थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved