एनएमबी बैंक र ट्रेकिङ्ग एसोसिएशनबीच डिजिटल सेवा सम्झौता

नेपालभ्युज

एनएमबी बैंक र ट्रेकिङ्ग एसोसिएशनबीच डिजिटल सेवा सम्झौता

काठमाडौं। एनएमबी बैंक र ट्रेकिङ्ग एसोसिएशन अफ नेपालबीच डिजिटल सेवासम्बन्धी सम्झौता भएको छ।

उक्त समझदारी पत्रमा ९ असारमा बैंकको तर्फबाट प्रमुख व्यापार तथा रणनीति अधिकृत सुदेश उपाध्याय र ट्रेकिङ्ग एसोसिएशनका तर्फबाट खुब बहादुर सुवेदीले हस्ताक्षर गरे।

उक्त सम्झौतासँगै टानका सदस्यहरुले एनएमबी बैंकको डिजिटल सेवाहरु सजिलै प्राप्त गर्न सक्नेछन्।

बैंकले डिजिटल सेवाहरु वी च्याट, पोस, क्युआर र पेमेन्ट गेटवे जस्ता सुविधाहरु प्रदान गर्दै आइरहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved