प्रचण्डलाई घनश्याम भुसालले भने – तपाईंको बीउ उम्रिँदैन

नेपालभ्युज

प्रचण्डलाई घनश्याम भुसालले भने – तपाईंको बीउ उम्रिँदैन

काठमाडौं। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एमाले) का नेता घनश्याम भुसालबीच जुहारी चलेको छ।

अध्यक्ष प्रचण्डले बुधबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा तीन वर्षसम्म एमालेमा बीउ रोपेर आएको र केही समयपछि फुल्ने र फल्ने बताएका थिए।

माओवादीबाहेक अरु पनि सच्चा कम्युनिष्ट रहेको उल्लेख गर्दै उनले एमालेमा केपी ओली प्रवृत्ति नहुने हो भने हजारौँ नेता कार्यकर्तालाई समाजवादको यात्रामा डोर्‍याउन सकिने विश्वास समेत व्यक्त गरे।

उनले भनेका छन्, ‘‘हामीले बीउ रोपेर आएका छौँ, केही समयपछि त्यो फुल्छ अनि फल्छ।’’

प्रचण्डको उक्त भनाइप्रति नेता भुसालले असहमति जनाएका हुन्। एउटा धारको बीउमात्रै अब उम्रिन नसक्ने दाबी गर्दै उनले भने, ‘‘अब एमाले, माओवादी, समाजवादीको बीउ चल्दैन, हाइब्रिड बीउ चाहिन्छ। हाइब्रिड बनाइसकेका थियौँ, हाम्रो बुद्धि पुगेन अनि भकारीमा आगो लगायौँ।’’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved