बलात्कारको आरोपमा वडाध्यक्षसहित दुई जना पक्राउ

मेलौली नगरपालिका–१ का वडाध्यक्ष शरदसिंह नेगी र स्थानीय केशवसिंह पक्राउ परेका हुन्।

नेपालभ्युज

बलात्कारको आरोपमा वडाध्यक्षसहित दुई जना पक्राउ
सांकेतिक तस्वीर

धनगढी। बैतडीमा बलात्कार आरोपमा वडाध्यक्षसहित दुई जना पक्राउ परेका छन्।

मेलौली नगरपालिका–१ का वडाध्यक्ष शरदसिंह नेगी र स्थानीय केशवसिंह पक्राउ परेका हुन्।

पीडित महिलाले दिएको जाहेरीका आधारमा वडाध्यक्षसहित दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए।

उनीहरु दुवैलाई पीडितको जाहेरीका आधारमा मंगलबार नियन्त्रणमा लिइएको उनले बताए।

नेगी ३० वैशाखमा सम्पन्न स्थानीय निर्वाचनमा एमालेबाट निर्वाचित भएका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved