सुर्खेतमा अन्तरक्रिया गर्दै राप्रपा नेपाल

अध्यक्ष कमल थापाले अन्तरक्रिया गर्नेछन् भने प्रदेश क्षेत्र भित्रका जिल्लाका अध्यक्षसहित प्रतिनिधिहरुको सहभागितामा छुट्टै अगुवा कार्यकर्ता भेलाको आयोजना हुनेछ। जहाँ थापाले प्रशिक्षणसमेत दिनेछन्।

नेपालभ्युज

सुर्खेतमा अन्तरक्रिया गर्दै राप्रपा नेपाल

सुर्खेत। राप्रपा नेपालले कर्णाली प्रदेशको सुर्खेतमा अन्तरक्रिया र अगुवा कार्यकर्ता भेला गर्ने भएको छ।

प्रदेशको राजधानीहरुमा कार्यक्रम गरिने तय भएअनुसार यसअघि हेटौँडा, विराटनगर , जनकपुर, बुटवल, पोखरा र धनगढीमा कार्यक्रम सम्पन्न भइसकेका छन्।

भोलि १६ असारमा सुर्खेतमा कार्यक्रम आयोजना गरिने र कार्यक्रमको सम्पूर्ण तयारी सम्पन्न भएको युवक संगठनका केन्द्रीय महासचिव जनक फडेराले जानकारी दिए। कार्यक्रमका निमित्त पार्टीका महामन्त्री राजाराम बर्तौला र केन्द्रीय सदस्य पुरु दाहाल सुर्खेत आइसकेका छन्।

महामन्त्री बर्तौलाका अनुसार विभिन्न वर्ग, क्षेत्र, समुदायका व्यक्तिहरुसँग पार्टी अध्यक्ष कमल थापाले अन्तरक्रिया गर्नेछन् भने प्रदेश क्षेत्र भित्रका जिल्लाका अध्यक्षसहित प्रतिनिधिहरुको सहभागितामा छुट्टै अगुवा कार्यकर्ता भेलाको आयोजना हुनेछ। जहाँ थापाले प्रशिक्षणसमेत दिनेछन्।

कार्यक्रममा सहभागी हुन अध्यक्ष कमल थापा भोलि सुर्खेत आउने कार्यक्रम रहेको केन्द्रीय सदस्य ईश्वर श्रेष्ठले जानकारी दिए।

महामन्त्री बर्तौलाले विभिन्न ६ प्रदेशमा सम्पन्न भएका कार्यक्रमबाट जनभावना बुझ्न मद्दत गरेको र पार्टीको आगामी नीति, कार्यदिशा र कार्यक्रम निर्माण गर्न समेत सघाउ पुग्ने बताए। कार्यक्रमबाट प्राप्त सल्लाह, सुझाव र प्रतिक्रियाअनुसार पार्टीलाई नयाँ शिराबाट अघि बढाउने नीति पार्टीले लिएको उनले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved