‘एसपीपीमा मलाई मुछ्न देउवा र प्रचण्डले टिपेक्स लगाएर पत्र बाहिर ल्याए’

नेपालभ्युज

‘एसपीपीमा मलाई मुछ्न देउवा र प्रचण्डले टिपेक्स लगाएर पत्र बाहिर ल्याए’
फाइल तस्वीर

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एसपीपीका सन्दर्भमा शेरबहादुर देउवा र प्रचण्डले सहमति जनाएको दावी गर्नुभएको छ।

मदन भण्डारीको ७१ औं जन्मजयन्तीका अवसरमा मंगलबार मदनभण्डारी फाउण्डेशनले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा ओलीले एमसीसीकै बेला एसपीपीको मस्यौदामाथि देउवा र प्रचण्डले नै सहमति जनाएको दाबी गरे।

अहिले माओवादी अध्यक्ष प्रचण्डले आफूलाई नै एसपीपीको मुख्य योजनाकार भएको भन्दै उनले आपत्ति जनाए। उनले प्रचण्डको निर्देशनमा नै एमसीसीको चर्को विरोध भएको समेत उल्लेख गरे। अध्यक्ष ओलीले एसपीपीका सन्दर्भमा सार्वजनिक भएको पत्र आफू प्रधानमन्त्री हुनुभन्दा अघिको पत्र भएको हुनसक्ने र र यसमा आफूलाई मुछ्न टिपेक्स लगाएर,चलानी नम्बर फेरेर पत्र बाहिर ल्याइएको तर्क गरे।

उनले एसपीपीका विषयमा वास्तविक कुरा बाहिर ल्याउन सरकार र अमेरिकी दूतावासको ध्यानाकर्षण गराए। उनले गठबन्धनमा एमसीसी ठिक छ भन्नेहरू नै एसपीपीको पक्षमा लागेको भन्दै अर्को जाल दिएर एसपीजीमा सामेल हुने सम्भावना कायमै रहेको जिकिर गरे। ओलीले गठबन्धनले राष्ट्रियतामाथि चरम खेलबाड गरेको आरोप पनि लगाए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved