सुनचाँदी व्यवसायसम्बन्धी कानून बनाउन व्यवसायीको माग

नेपालभ्युज

सुनचाँदी व्यवसायसम्बन्धी कानून बनाउन व्यवसायीको माग

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनचाँदी व्यवसायसम्बन्धी कानून निर्माणको लागि सरकारसँग आग्रह गरेको छ।

महासंघको प्रतिनिधीमण्डलले संसदको उद्योग, वाणिज्य तथा आपूर्ति समितिसँग हालै भेटगरी सुनचाँदी व्यवसायसम्बन्धी प्रस्ट कानून नभएको जनाउँदै यससम्बन्धी व्यवस्था गर्न आग्रह गरेको हो।

महासंघका अध्यक्ष माणिक रत्न शाक्यको नेतृत्वमा गएको महासंघको प्रतिनिधिमण्डलले संसदको उद्योग, वाणिज्य तथा आपूर्ति समितिका सभापति विमल श्रीवास्तवसहित सांसहरूसँग भेटगरी शीघ्र कानून निर्माणका लागि पहल गर्न आग्रह गरहेको हो।

भेटका क्रममा महासंघको प्रतिनिधिमण्डलले कानूनमा समेटिनुपर्ने विषयहरूबारे समेत जानकारी गराएको थियो।

सुनचाँदी व्यवसाय सञ्चालनसम्बन्धी प्रस्ट कानून अभावमा यो क्षेत्रमा आबद्ध ब्यवसायी मर्कामा पर्दै आएका छन्। कानून निर्माणका लागि व्यवसायीका तर्फबाट बारम्बार सम्वन्धित निकायको ध्यानाकर्षण गराइँदै आएको भए पनि त्यसको सुनुवाइ नहुँदा यो क्षेत्रमा कानूनको अभाव कायमै छ।

भेटका क्रममा महासंघका तर्फबाट अध्यक्ष शाक्यसहित विशिष्ट सदस्य मणिरत्न शाक्य, उपाध्यक्ष दियस रत्न शाक्य लगायतको सहभागिता थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved