ओलीको दाबी : एसपीपीको पत्र म प्रधानमन्त्री नहुँदै पठाइएको हो

‘‘म प्रधानमन्त्री नहुँदै दूतावासमा पत्र पठाइएको थियो। यस सम्बन्धमा अमेरिकी दूतावासले सत्यतथ्य बोल्नुपर्छ’’, उनले भने।

नेपालभ्युज

काठमाडौं। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) को पत्र आफू प्रधानमन्त्री नहुँदै पठाइएको दाबी गरेका छन्।

मंगलबार मदन भण्डारी फाउण्डेसनले आयोजना गरेको कार्यक्रममा एमाले अध्यक्ष ओलीले एसपीपीबारे आफूमाथि लागेको आरोपको खण्डन गरेका हुन्। एसपीपी सम्बन्धमा अमेरिकी दूतावासले सत्यतथ्य बोल्नुपर्ने उनको भनाइ छ।

‘‘म प्रधानमन्त्री नहुँदै दूतावासमा पत्र पठाइएको थियो। यस सम्बन्धमा अमेरिकी दूतावासले सत्यतथ्य बोल्नुपर्छ’’, उनले भने।

उनले पत्रमा मिति र चलानी नम्बर हातले लेखेकोमा आपत्ति जनाउँदै हातले नलेखेको पत्र सार्वजनिक गर्न सरकारलाई आग्रह गरे। ‘‘सबै टाइप गरेको ठाउँमा हातले किन लेख्नुपर्छ ? पत्रमा टिपेक्स लगाएर मेटाएर हातले लेखेको स्पष्ट छ।’’

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved