सप्तकोशीमा बढ्यो पानीको बहाव, सतर्कता अपनाउन आग्रह

कोशी ब्यारेजका अनुसार आज सप्तकोशीमा पानीको बहाव एक लाख २६ हजार ५०५ क्युसेक प्रतिसेकेण्ड रहेको छ। ५६ ढोकामध्ये अहिले १६ ढोका खोलिएका छन्।

नेपालभ्युज

सप्तकोशीमा बढ्यो पानीको बहाव, सतर्कता अपनाउन आग्रह

राजविराज। सप्तरी र सुनसरीको सिमानामा पर्ने सप्तकोशी नदीमा पानीको बहाव ह्वात्तै बढेको छ।

गए रातिदेखि पूर्वी पहाडी तथा तराई क्षेत्रमा भारी वर्षाका कारण सप्तकोशीमा पानीको बहाव बढेको हो।

कोशी ब्यारेजका अनुसार आज सप्तकोशीमा पानीको बहाव एक लाख २६ हजार ५०५ क्युसेक प्रतिसेकेण्ड रहेको छ। ५६ ढोकामध्ये अहिले १६ ढोका खोलिएको छ। पानीको बहाव बढ्दो क्रममा रहे पनि तटबन्ध र स्पर सुरक्षित रहेको प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जानकारी दिए।

सोमबारसम्म सामान्य अवस्थामा रहेको नदीको बहाव पछिल्लो २४ घण्टामा बढ्दो क्रममा छ। पूर्वी भेगमा जारी वर्षाका कारण कोशीको जलस्तर बढ्दो क्रममा छ।

यसैबीच कोसीको तटीय क्षेत्रका बासिन्दालाई स्थानीय प्रशासन कार्यालयले सतर्कता अपनाउन आग्रह गरेको छ। बहाव बढेसँगै नदीमा डुङ्गा चलाउन रोक लगाइएको छ। माछा मार्न तथा बाढीले बगाएर ल्याएका दाउरा नदीबाट झिक्नसमेत प्रशासनले प्रतिबन्ध लगाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved