रौतहटमा नेपाली वेभ सिरिज ‘आरती’को छायांकन

नेपालभ्युज

रौतहटमा नेपाली वेभ सिरिज ‘आरती’को छायांकन

रौतहट । रेज इन्टरटेन्मेन्टको ब्यानरमा बन्दै गरेको नेपाली वेब सिरिज ‘आरती’ अहिले रौतहटमा धमाधम छायांकन भइरहेको छ। आशीष कुमार दासको निर्माणमा बन्न लागेको आरतीमा रोशन दासको कथा र निर्देशन छ।

नितेश घतानले यसको छायांकन गरेका हुन् भने हिक्मत शर्माले यसको कथा लेखेका हुन्।

राज पौडेल, गीता श्री,‌ नूतन, मनिशा गिरी, हरि कँडेल, खेमराज कोइराला, सपना शर्मा, शिव कुर्मी, कृष्ण खड्का, विक्की शाहा, जय मङ्गल पासवान ,सन्सार अधिकारीलगायत कलाकारको अभिनय रहेको निर्माण पक्षले बताएको छ। साथै भोजपुरी कलाकारको पनि अभिनय रहने बताइएको छ।

‘आरती’लाई मैथिली र भोजपुरीमा समेत डबिङ गरिने बताइएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved