वामदेवको पार्टीको ठहर : एमाले–माओवादी ब्युँताउने सर्वोच्चको फैसला त्रुटिपूर्ण

‘‘नेपालको कम्युनिष्ट आन्दोलनलाई सर्वोच्च अदालतको त्यो निर्णयले मुख्य कम्युनिष्ट पार्टीहरूबीचको सम्बन्धलाई शत्रुतापूर्ण अवस्थामा परिणत गरिदिएको छ। सर्वोच्चको निर्णय त्रुटिपूर्ण र हानिकारक सावित भएको छ।’’

नेपालभ्युज

वामदेवको पार्टीको ठहर : एमाले–माओवादी ब्युँताउने सर्वोच्चको फैसला त्रुटिपूर्ण

काठमाडौं। वामदेव गौतमको नयाँ पार्टी नेकपा एकता राष्ट्रिय अभियानले नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्युँताउने सर्वोच्च अदालतको फैसला त्रुटिपूर्ण सावित भएको ठहर गरेको छ।

मंगलबार पार्टीका तर्फबाट जारी विज्ञप्तिमा सर्वोच्चकै फैसलाका कारण कम्युनिष्ट पार्टीहरुबीचको सम्बन्ध शत्रुतापूर्ण अवस्थामा परिणत भएको उल्लेख छ।

‘‘सर्वोच्च अदालतको निर्णयले पुनर्स्थापित नेकपा एमाले पुनः विभाजन उन्मुख भयो र केही महीनापछि साँच्चिकै विभाजित भएरै छोड्यो,’’ विज्ञप्तिमा भनिएको छ, ‘‘नेपालको कम्युनिष्ट आन्दोलनलाई सर्वोच्च अदालतको त्यो निर्णयले मुख्य कम्युनिष्ट पार्टीहरूबीचको सम्बन्धलाई शत्रुतापूर्ण अवस्थामा परिणत गरिदिएको छ। सर्वोच्चको निर्णय त्रुटिपूर्ण र हानिकारक सावित भएको छ।’’

नेकपा विभाजनले नेपालको राजनीतिक अवस्थामा गम्भीर नकारात्मक प्रभाव वृद्धि भइरहेको समेत पार्टीले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved