एमालेका कैलाली अध्यक्ष थापा बर्खास्त

आज बसेको प्रदेश कमिटी बैठकले अध्यक्ष थापालाई पदबाट हटाउने निर्णय गरेको प्रदेश सचिव धर्मराज पाठकले जानकारी दिए।

नेपालभ्युज

एमालेका कैलाली अध्यक्ष थापा बर्खास्त

धनगढी। नेकपा (एमाले) कैलालीका अध्यक्ष रतन थापालाई बर्खास्त गरिएको छ।

आज बसेको प्रदेश कमिटी बैठकले अध्यक्ष थापालाई पदबाट हटाउने निर्णय गरेको प्रदेश सचिव धर्मराज पाठकले जानकारी दिए।

उनका अनुसार उपाध्यक्ष दुर्गा जोशीलाई कार्यवाहक अध्यक्ष तोकिएको छ। १५ साउनभित्र जिल्ला प्रतिनिधि परिषद्को बैठकले अध्यक्ष चयन गर्ने निर्णय भएको उनले बताए।

९ असारमा बसेको जिल्ला सचिवालय बैठकले पार्टीका केन्द्रीय अध्यक्ष केपी शर्मा ओलीविरुद्ध जथाभावी बोलेको, जिल्ला इन्चार्जलाई गालीगलौज गरेको भन्दै उनलाई कारबाही गर्न प्रदेश कमिटीमा सिफारिस गरेको थियो।

३० वैशाखमा सम्पन्न स्थानीय निर्वाचनमा एमालेका आधिकारिक उम्मेदवारलाई हराउन भूमिका खेलेको, पार्टी नेतृत्वविरुद्ध जथाभावी बोलेको समेत आरोप उनीमाथि छ। उनलाई ५ असारमा जिल्ला इन्चार्ज नारदमुनी रानाले २३ बुँदे स्पष्टीकरण सोधेका थिए। तीन दिनभित्र चित्तबुझ्दो जवाफ नपठाए पार्टी विधान बमोजिम कारबाही गर्ने चेतावनी दिइएको थियो। तर उनले कुनै जवाफ फर्काएनन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved