हरिवनका महिला जनप्रतिनिधिलाई आत्मविश्वास र सीपसम्बन्धी तालिम

नेपालभ्युज

हरिवनका महिला जनप्रतिनिधिलाई आत्मविश्वास र सीपसम्बन्धी तालिम

हरिवन । सर्लाहीको हरिवन नगरपालिकामा निर्वाचित महिला जनप्रतिनिधिहरूलाई प्रारम्भिक आत्मविश्वास र सीपसम्बन्धी तालिम शुरु गरिएको छ।

आईफीएस नेपालको प्राविधिक सहयोग स्वीस सरकारको विकास सहयोग र अस्ट्रेलिया सरकारको आर्थिक सहयोगमा शुरु कार्यक्रमलाई माण्डवीले सहजीकरण गरेको छ। यो कार्यक्रम मधेश प्रदेशको विभिन्न जिल्लाहरूमा सञ्चालन हुँदै आएको छ।

यस कार्यक्रममा निर्वाचित महिला जनप्रतिनिधि तथा दलित सदस्यहरूको उपस्थिति रहेको छ।

यस परियोजनाले कार्यक्रम सञ्चालन भएका पालिकाहरूमा निर्वाचित महिलाहरूको योजना तथा निर्णय प्रक्रियामा अर्थपूर्ण सहभागिताका लागि समग्र क्षमता सुदृढीकरण हुने विस्वास सहजकर्ता बनिता कार्कीले लिएकी छन्।

कार्यक्रमले आत्मविश्वासको विकाससँगै सीप र ज्ञानको क्षमता आफूलाई दृढताका साथ बढाउने विश्वास लिइएको छ। हरिवन नगरपालिकाभरिबाट २१ जनाको सहभागित कार्यक्रममा छ। उक्त तालिम असार १६ गते समापन हुने कार्यक्रम अधिकृत मनील श्रेष्ठले जानकारी दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved