वामदेवको पार्टीको दोस्रो वरीयतामा उनकै श्रीमती, पाँचौँ नम्बरमा छोरा हरिष (सूचीसहित)

शीर्ष वरीयताका पाँच जना केन्द्रीय सदस्य बर्दियाका

नेपाल भ्युज

वामदेवको पार्टीको दोस्रो वरीयतामा उनकै श्रीमती, पाँचौँ नम्बरमा छोरा हरिष (सूचीसहित)

काठमाडौं । वामदेव गौतमले नयाँ राजनीतिक दल घोषणा गर्ने भएका छन्। आज दिउँसो ३ बजे काठमाडौंको भृकुटीमण्डपमा कार्यक्रम गरी नयाँ दलको घोषणा गर्ने तयारी भएको हो।

नेकपा राष्ट्रिय एकता अभियान सञ्चालन गर्दै आएका नेता गौतमले पाँच ओटा दलसँग मिलेर नयाँ दल गठन गर्ने भएका हुन्।

राष्ट्रिय सभाका सांसद रहेका गौतमले कम्युनिष्ट दलहरूलाई एकै ठाउँमा ल्याउन प्रयासरत छन्। सर्वोच्च अदालतले नेकपा विघटन गरेर एकता गरेका दुई दललाई पुरानै स्वरूपमा फर्काइदिएपछि उनी तटस्थ रहँदै आएका थिए।

उनले गठन गर्न लागेको नेकपा एकता केन्द्रीय समन्वय समितिमा ६८ जना केन्द्रीय सदस्य रहने जनाइएको छ। जहाँ उनकी पत्नी तुलसा थापा गौतम र छोरा हरिषदेव गौतम पनि केन्द्रीय सदस्य रहेका छन्।

उक्त केन्द्रीय सदस्यहरूको सूचीको पहिलो नम्बरमा वामदेव गौतम छन् भने उनकी श्रीमती तुलसालाई दोस्रो नम्बरमा राखिएको छ। वामदेवले आफ्नो ठेगाना ललितपुर राखेका छन् भने श्रीमतीको बर्दिया राखेका छन्। छोरा हरिषदेवलाई भने वामदेवले पाँचौं नम्बरमा राखेका छन्। केन्द्रीय सदस्यको सूचीमा बर्दियाका मात्र पाँच जना छन्।

उनले समाजवादी केन्द्र नेपाल, आधुनिक नेपाल समाजवादी पार्टी, नेकपा राष्ट्रवादी, आमनेपाली पार्टी र स्वतन्त्र वामपन्थी समूहलाई आबद्ध गराउँदै नयाँ दल गठन गर्न लागेका हुन्।

गौतमको नयाँ पार्टीमा ७० जना केन्द्रीय कमिटी सदस्य रहने जनाइएको छ। पार्टीको संयोजकमा गौतम, सचिवमा डीबी कार्की, प्रचार विभागमा नीमकान्त पाण्डे लगायत रहेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved