पोखरीमा डुबेर दुई बालिकाको मृत्यु

क्लिनिकमा उपचारका क्रममा राति मृत्यु भएको जनाइएको छ।

नेपालभ्युज

पोखरीमा डुबेर दुई बालिकाको मृत्यु
सांकेतिक तस्वीर

धनगढी। कैलालीको लम्कीचुहा नगरपालिका–८ मलभङ्गा गाउँमा पोखरीमा डुबेर बेहोस भएका दुई बालिकाको उपचारका क्रममा गए राति मृत्यु भएको छ।

मृत्यु हुनेमा मलभङ्गा गाउँका लालबहादुर बिष्टकी सात वर्षीया छोरी आश्रिया र भीमबहादुर कुवँरको ६ वर्षीया छोरी भावना रहेका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता बेदप्रकाश जोशीले जानकारी दिए।

गाउँमा रहेको इँटाभट्टामा खेलिरहेको अवस्थामा नजिकै रहेको पोखरीमा सोमबार बेलुका बालिका डुबेको देखेपछि स्थानीयले उद्धार गरी बर्दगोरियास्थित खापर हेल्थ क्लिनिकमा पु¥याएका थिए।

क्लिनिकमा उपचारका क्रममा राति मृत्यु भएको जनाइएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved