आईसीसी विश्वकप तयारीका  लागि नेपाली क्रिकेट टोली आज क्यानडा जाँदै

नेपाली राष्ट्रिय क्रिकेट टोली आज क्यानडा जाँदैछ। आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत शृङ्खला तयारीका लागि नेपाली टोली आज बिहान क्यानडा जान लागेको हो।

नेपालभ्युज

आईसीसी विश्वकप तयारीका  लागि नेपाली क्रिकेट टोली आज क्यानडा जाँदै

काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोली आज क्यानडा जाँदैछ। आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत शृङ्खला तयारीका लागि नेपाली टोली आज बिहान क्यानडा जान लागेको हो।

भिसा र उडान टिकटका कारण यसअघि टोलीको क्यानडा भ्रमण अनिश्चित बनेको थियो। क्यानडामा अभ्यासपछि टोली उतैबाट स्कटल्याण्ड पुग्नेछ। नेपाली टोलीलाई हिजो राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङले बिदाई गरेका छन्।

क्यानडा र स्कटल्यान्ड भ्रमणका लागि सन्दीप लामिछानेको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरिएको थियो। नेपालले क्यानडाको राष्ट्रिय टोलीसँग जुलाई ४ र ५ मा दुई वटा एकदिवसीय शृङ्खला तथा स्थानीय क्लबसँग एक खेल खेल्ने तालिका छ।

लिग–२ मा नेपाल तालिकाको पाँचौ स्थानमा छ। नेपालले १६ खेलमा सात जित, आठमा हार र एक बराबरीसहित १५ अंक जोडेको छ। आईसीसी विश्वकप क्रिकेट लिगमा नेपालले २० खेल खेल्न बाँकी छ।

विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपाल, स्कटल्याण्ड र नामिबियाबीचको एकदिवसीय श्रृङ्खला जुलाई ११ तारिख अर्थात असारको २७ गतेदेखि शुरु हुनेछ । नेपालले असार २७ र ३२ गते नामिबियासँग तथा २९ गते र साउन १ गते स्कटल्याण्डसँग खेल्ने तालिका छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved