मदन भण्डारीको जन्म जयन्ती आज, विभिन्न कार्यक्रम गरेर मनाइँदै

नेकपा एमालेका तत्कालीन महासचिव मदनकुमार भण्डारीको आज मंगलबार ७१औँ जन्म जयन्ती देशभर विभिन्न कार्यक्रम गरेर मनाइँदैछ।

नेपालभ्युज

मदन भण्डारीको जन्म जयन्ती आज, विभिन्न कार्यक्रम गरेर मनाइँदै

काठमाडौं। नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारीको आज मंगलबार ७१औँ जन्म जयन्ती देशभर विभिन्न कार्यक्रम गरेर मनाइँदैछ। एमाले र उसका विभिन्न जनसङ्गठनहरूले मंगलबार विभिन्न कार्यक्रम गरी मदन जयन्ती मनाउन लागेका हुन्।

एमाले र उसका जनसङ्गठनले मदन जयन्तीका अवसरमा पछिल्ला केही दिन विभिन्न कार्यक्रम गरिरहेका छन्।

नेपाली कम्युनिष्ट आन्दोलनको लोकतान्त्रीकरणका लागि ‘जनताको बहुदलीय जनवाद’ (जबज) को सिद्धान्त प्रतिपादन गरेका भण्डारीको जन्म २००९ साल असार १४ गते ताप्लेजुङको ढुंगेसाँघुमा भएको थियो।

जबजले शान्तिपूर्ण बहुदलीय प्रतिस्पर्धा र आन्दोलनबाट जनताको क्रान्तिलाई प्राथमिकता दिएको छ।

भण्डारीले २०४८ सालको महाधिवेशनमा पेस गरेको जबजको सिद्धान्तलाई तत्कालीन नेकपा एमालेले आफ्नो पार्टीको सिद्धान्त मार्गचित्रको रुपमा लागू गर्दै आएको थियो ।

भण्डारी र एमालेका तत्कालीन संगठन विभाग प्रमुख जीवराज आश्रितको २०५० जेठ ३ गते दासढुंगा भएको जीप दुर्घटनामा परी रहस्यमय निधन भएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved