जापानमा बढ्यो गर्मी, सतर्क रहन आग्रह

जापान सरकारले सर्वसाधारणहरुलाई अत्यावश्यक बाहेकका काममा बाहिर ननिस्कन, इन्धनको खपत कम गर्न आग्रह गरेको छ।

नेपालभ्युज

जापानमा बढ्यो गर्मी, सतर्क रहन आग्रह

एजेन्सी। जापानमा गर्मीले दिन प्रतिदिन नयाँ रेकर्ड कायम गरिरहेको छ।

त्यहाँका अधिकारीहरुले यहाँको गर्मी इतिहासमै सबैभन्दा धेरै रेकर्ड भएको पाइएको बताएका छन्। उनीहरुका अनुसार यहाँको तातो हावा र गर्मीका कारण उर्जा आपूर्तिको प्रणालीमा पनि असर गर्न सक्ने देखिएको छ।

बढी तातोका कारण यस्तो हुन सक्ने भन्दै सर्वसाधारणमा सूचना जारी गरिएको छ। विशेषगरी जापानको राजधानी टोकियोमा पनि गर्मीको असर देखिएको छ। त्यहाँको तापक्रम आइतबार ३४ डिग्री सेल्सियसमा रहेको थियो भने आज सोमबार थप एक बढेर ३५ डिग्री सेल्सियस पुगेको बताइएको छ।

यो तापक्रम आगामी केही दिनसम्म अझै बढ्न सक्ने भन्दै जापानको जापान मेट्रोलोजिकल एजेन्सीले सतर्क रहन र तातो हावा र मौसमबाट बच्न सक्ने उपायहरु अपनाउन सूचना पनि जारी गरेको छ।

जापान सरकारले सर्वसाधारणहरुलाई अत्यावश्यक बाहेकका काममा बाहिर ननिस्कन, इन्धनको खपत कम गर्न पनि आग्रह गरेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved