पाँच वर्षदेखि सौराहामा पर्यटक बोक्दै आएको काजलकलीको मृत्यु

चितवनको सौराहामा पाँच वर्षदेखि पर्यटक बोक्दै आएको काजलकली नामको पोथी हात्तीको मृत्यु भएको छ। एक महिनाको अवधिमा तीनपटक ढलेकी काजलकलीका मृत्यु भएको हो।

नेपालभ्युज

पाँच वर्षदेखि सौराहामा पर्यटक बोक्दै आएको काजलकलीको मृत्यु

चितवन। चितवनको सौराहामा पाँच वर्षदेखि पर्यटक बोक्दै आएको काजलकली नामको पोथी हात्तीको मृत्यु भएको छ। एक महिनाको अवधिमा तीनपटक ढलेकी काजलकलीका मृत्यु भएको हो।

६० वर्ष उमेर रहेको काजलकली ढलेको १० दिनपछि उसको मृत्यु भएको राष्ट्रिय प्रकृति संरक्षण कोष, जैविक विविधता संरक्षण केन्द्र सौराहाका भेटेरिनरी प्राविधिक किरणराज रिजालले जानकारी दिए।
उनको पोष्टमार्टम गरेर ढलेको ठाउँ नजिकै गाडिएको उनले बताए। उनको मृत्युमा पशु चिकित्सक तथा प्राविधिकहरूले दुख व्यक्त गरेका छन्। हात्तीको आयु सामान्य ८० वर्षको हुने मानिन्छ।

काजलकली नामको हात्ती सौराहाको होटेल पार्कको छेउमा ढलेको थियो। यसअघि नै प्राविधिकहरूले काजलकली उठ्न नसक्ने निचोड निकालेका थिए।

काजलकलीले चितवनको सौराहामा पाँच वर्षदेखि पर्यटक बोक्दै आएको थियो। पाँच वर्षअघि काजलकलीलाई भारतबाट ४५ लाख रुपैयाँमा किनेर सौराहाका व्यवसायीले ल्याएका थिए। पर्यटकको चाप बढेको बेला काजलकलीलाई सौराहा झिकाइएको हो। सौराहाका भेटेरिनरी प्राविधिक रिजालका अनुसार काजलकलीलाई भारतबाट सौराहामा ल्याउँदाखेरि नै कमजोर र बूढो थियो।

गत भदौमा सौराहाका व्यवसायी मधुकी रेग्मीले काजलकलीलाई भारतमा सस्तो मूल्यमा बेचेका थिए। तर, वन्यजन्तुको खरिदबिक्री गर्न नपाइने अन्तर्राष्ट्रिय महासन्धिमा टेकेर सर्वोच्च अदालतमा परेको रिट र अदालतले दिएको आदेशले काजलकली भारत जान नपाएकोले फिर्ता गरिएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved