गुजरातको दंगा आरोपमा प्रधानमन्त्री मोदीलाई सफाइ

सन् २००२ मा भएको दंगाको समयमा गुजरातका मुख्यमन्त्री रहेका मोदीलाई त्यहाँको सर्वोच्च अदालतले कुनै समुदायमाथि हिंसा फैलाउने षड्यन्त्र कुनै पनि उच्च सरकारी तहबाट नभएको भन्दै रिट खारेज गरिदिएको हो।

नेपालभ्युज

गुजरातको दंगा आरोपमा प्रधानमन्त्री मोदीलाई सफाइ
सन् २००२ मा भएको दंगाको फाइल तस्वीर।

नयाँदिल्ली। गुजरात दंगाका आरोपी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सफाइ पाएका छन्। सन् २००२ मा भएको दंगाको समयमा गुजरातका मुख्यमन्त्री रहेका मोदीलाई त्यहाँको सर्वोच्च अदालतले कुनै समुदायमाथि हिंसा फैलाउने षड्यन्त्र कुनै पनि उच्च सरकारी तहबाट नभएको भन्दै रिट खारेज गरिदिएको हो।

मोदीलाई आरोपीको सूचीमा समावेश नगरिएको भन्दै सर्वोच्च अदालतमा रिट परेको थियो। सर्वोच्चले त्यस रिटलाई खारेज गरेपछि मोदीमाथि लाग्दै आएको आरोपबाट उनी मुक्त भएका हुन्।

अदालतले गुजरात दंगामा कुनै समुदायमाथि हिंसा फैलाउने षड्यन्त्र कुनै पनि उच्च सरकारी तहबाट नभएको भन्दै रिट खारेज गरिदिएको हो।

रिटमा कुनै गलत उद्देश्यले दंगा फैलाइएको र त्यसमा मोदीसहितको सहभागिता रहेको भन्दै कानुनी कारबाहीको माग गरिएको थियो। तर, सर्वोच्चले अल्पसंख्यकविरुद्ध राज्य प्रयाजित अपराध भएको आरोप अस्वीकार गरेको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved