लोसपा र लोक दलबीच आज एकता हुँदै

महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र लोक दलबीच आज एकीकरण हुने भएको छ।

नेपालभ्युज

लोसपा र लोक दलबीच आज एकता हुँदै

काठमाडौं। महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र लोक दलबीच आज एकीकरण हुने भएको छ। आइतबार दिउँसो २ः३० बजे लोसपा केन्द्रीय कार्यालय बबरमहलमा एकता सभा हुने भएको हो।

लोसपाका सचिव रञ्जित झाले आज दुई दलबीच पार्टी एकता हुने बताए। उनले कौशल सिंहको नेतृत्वमा रहेको लोक दल लोसपासँग एकीकरण गर्न लागेको जानकारी दिए।

झाले सिंहलाई लोसपाको कार्यकारिणी समितिमा ल्याउने सहमति भएको समेत बताएका छन्।
पार्टीले आगामी संघीय निर्वाचनको लागि पनि अन्य दलसँग गठबन्धनको तयारी गरिरहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved