संसदीय दलको बैठक माग

प्रेम आलेसहित ६ नेताले लिए हस्ताक्षर फिर्ता, झाँक्रीसहितका चार नेताले लिएनन्

मन्त्री फेर्ने प्रस्तावमा असन्तुष्टि जनाउँदै समाजवादीका १० सांसदले अध्यक्ष माधवकुमार नेपालसमक्ष संसदीय दलको बैठक बोलाउन माग गर्दै निवेदन दिएका थिए।

नेपालभ्युज

प्रेम आलेसहित ६ नेताले लिए हस्ताक्षर फिर्ता, झाँक्रीसहितका चार नेताले लिएनन्

काठमाडौं। संसदीय दलको बैठक बोलाउन माग गर्दै लिखित निवेदन दिने नेकपा एकीकृत समाजवादीका ६ नेताले हस्ताक्षर फिर्ता लिएका छन्।

शनिबार काठमाडौंमा बसेको समाजवादीको केन्द्रीय कमिटी बैठकका क्रममा पर्यटनमन्त्री प्रेम आलेलगायत ६ जनाले आफूहरू भ्रममा परेर यसअघि हस्ताक्षर गरेको भन्दै अहिले हस्ताक्षर फिर्ता लिएको लिखित जानकारी गराएका हुन्। हस्ताक्षर फिर्ता लिनेमा आलेसहित धनबहादुर बुढा, कृष्णलाल महर्जन, गोपालबहादुर बम, पुष्पाकुमारी कर्ण कायस्थ र बिनादेवी बुढाथोकी रहेको नेकपा समाजवादीका नेता सोमप्रसाद पाण्डेले जानकारी दिए।

यसअघि निवेदन दिनेमध्ये स्वास्थ्यमन्त्री विरोध खतिवडा, शहरी विकासमन्त्री रामकुमारी झाँक्री, श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ र सासंद निरा जैरुले भने हस्ताक्षर फिर्ता गरेका छैनन। मन्त्री फेर्ने प्रस्तावमा असन्तुष्टि जनाउँदै समाजवादीका १० सांसदले अध्यक्ष माधवकुमार नेपालसमक्ष संसदीय दलको बैठक बोलाउन माग गर्दै निवेदन दिएका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved