एमाले, माओवादी र नेकपा एसबीच एकता आवश्यक छ : वामदेव गौतम

कांग्रेसको नेतृत्वमा एमसीसीजस्ता आयोजना आइरहने भएकाले कम्युनिष्ट एकता आवश्यक रहेको उनले बताए।

नेपालभ्युज

एमाले, माओवादी र नेकपा एसबीच एकता आवश्यक छ : वामदेव गौतम
फाइल तस्वीर

काठमाडौं। नेकपा एकता अभियानमा लागेका नेता वामदेव गौतमले कम्युनिस्ट पार्टीलाई जोगाउका लागि एकता अपरिहार्य रहेको बताएका छन्।

शनिबार ललितपुरमा आयोजित एकता राष्ट्रिय अभियानको दोस्रो भेलामा गौतमले कम्युनिस्टलाई जोगाउनका र बलियो बनाउनका लागि एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीबीच एकता हुनुपर्ने बताएका हुन्। स्थानीय निर्वाचनमा कांग्रेस पहिलो शक्तिको रुपमा र प्रदेश र प्रतिनिधि सभाको निर्वाचनपछि बलियो हुने तर्क गरे।

उनले कांग्रेस कम्युनिस्टको मित्र भए पनि कांग्रेसले नेतृत्व जारी राखे एमसीसीजस्ता आयोजना आइरहने तर्क गरे। अहिले कम्युनिस्ट पार्टीलाई एकतामा ल्याउन मध्यस्तकर्ताको आवश्यकता रहेकाले आफू नै उक्त भूमिका निर्वाह गर्ने उनले बताए। उनले एकताका लागि आफू जस्तोसुकै त्याग गर्न पनि तयार रहेको बताए।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved