सुदूरपश्चिमका तीन जिल्लामा बालबालिकालाई कोरोनाविरुद्धको खोप

पाँचदेखि १२ वर्षमुनिका सबै बालबालिकालाई खोप लगाइरहेको जिल्ला स्वास्थ्य कार्यालय कैलालीले जनाएको छ।

सुदूरपश्चिमका तीन जिल्लामा बालबालिकालाई कोरोनाविरुद्धको खोप

धनगढी। सुदूरपश्चिमका बालबालिकालाई कोरोना भाइरसविरुद्धको खोप लगाउन शुरु भएको छ। सुदूरपश्चिमका कैलाली, कञ्चनपुर र डडेलधुरामा ९ असारदेखि १५ गतेसम्म ‘फाइजर–बायोएनटेक’ नामक खोप लगाउन शुरु भ्एको हो।

पाँचदेखि १२ वर्षमुनिका सबै बालबालिकालाई खोप लगाइरहेको जिल्ला स्वास्थ्य कार्यालय कैलालीले जनाएको छ।

उक्त खोपले बालबालिकालाई कोभिड–१९ बाट ९० प्रतिशत सुरक्षित राख्ने बताउँदै विश्व स्वास्थ्य संगठनले स्वीकृति दिएको सुदूरपश्चिम सामाजिक विकास मन्त्रालयका जनस्वास्थ्य महाशाखाका प्रमुख हेमराज खड्काले जानकारी दिए।

कैलाली, कञ्चनपुर र डडेलधुरा जिल्लाका विद्यालयहरुमा खोप केन्द्र तोकेर खोप लगाइरहेको र अभियानको अन्तिम दिन सबै स्वास्थ्य संस्था तथा तोकिएका बाहृय खोप केन्द्रमा गएर खोप लगाउन सक्ने खड्काले बताए।

पहिलो चरणमा देशभरका २७ जिल्लामा खोप लगाइँदै छ। जसअन्तरगत प्रदेश १ मा ४ ओटा जिल्ला, मधेशमा ५, बागमतीमा ७, गण्डकीमा २ र लुिम्बनीमा ५ तथा कर्णालीमा १ र सुदूरपश्चिमका ३ जिल्लामा खोप लगाइनेछ।

उक्त खोप लगाउँदा स्वास्थ्य सेवा विभागबाट जारी पत्रअनुसार खोप केन्द्रमा कम्तीमा १ जना खोप दिने स्वास्थ्यकर्मी र २÷२ जना युनिसेफ नेपालको सहयोगमा बास नेपालले स्वयंसेवकहरु परिचालन गरेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved