जिसस आर्सनल जाने पक्का

आर्सनल र सिटीबीच ४५ मिलियन पाउण्डमा जिससको बारे सहमति भएको छ।

नेपालभ्युज

जिसस आर्सनल जाने पक्का

काठमाडौं। ब्राजिलका युवा स्टार गाब्रियल जिसस आर्सनल जाने पक्का भएको छ। प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीमा रहेका जिसस आर्सनल जाने भएका हुन्।

लामो समयदेखि जिससलाई ल्याउनका लागि आर्सनलले गरेको पहलले अन्ततः सार्थक रुप लिएको हो। सिटी र आर्सनलबीच जिससलाई आर्सनलमा पठाउने सहमति भएको हो।

आर्सनल र सिटीबीच ४५ मिलियन पाउण्डमा जिससको बारे सहमति भएको छ। सिटीका लागि २५ वर्षीय जिससले १५९ प्रिमियर लिग खेलमा ५८ गोल र ३२ असिस्ट गरेका छन् ।

सन् २०१६ मा सिटी आएका जिससले २०१७ मा सिटीसँग औपचारिक सम्झौता गरेका थिए। सिटीका लागि उनले प्रिमियर लिग, एफए कप, ईएफएल कप र कम्युनिटी शिल्ड जितेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved