एक अर्ब ८२ करोडको बजेट ल्याउँदै धनगढी उपमहानगरपालिका

धनगढी उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि एक अर्ब ८२ करोड हाराहारीको बजेट ल्याउने तयारी गरेको छ। 

नेपालभ्युज

एक अर्ब ८२ करोडको बजेट ल्याउँदै धनगढी उपमहानगरपालिका

धनगढी। धनगढी उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि एक अर्ब ८२ करोड हाराहारीको बजेट ल्याउने तयारी गरेको छ।

आज आठौँ नगरसभामा पेस हुने धनगढी उपमहानगरपालिकाको बजेटको आकार आगामी आर्थिक वर्ष २०७९/०८० मा एक अर्ब ८२ करोड रुपैयाँ हाराहारीमा प्रस्तुत हुने बताइएको छ।

उपमहानगरपालिकाले चालु आर्थिक वर्ष २०७८/७९ मा एक अर्ब ८१ करोड २८ लाख २२ हजार एक सय रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको थियो। आज उपप्रमुख कन्दकला रानाले सभामा पेस गर्ने बजेट आकार एक अर्ब ८२ करोडको हाराहारीमा ल्याउन लागेको जनाइएको छ।

यसअघि धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालले सार्वजनिक जग्गा, खोलानाला, नदी अतिक्रमणलाई नियन्त्रण गर्दै अतिक्रमण व्यवस्थापन तथा व्यवस्थित बस्ती विकासलाई प्राथमिकता राखेर आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved