ओलीविरुद्ध बोलेपछि एमाले कैलाली अध्यक्ष थापालाई कारबाही सिफारिस

नेकपा (एमाले) कैलालीका अध्यक्ष रतनबहादुर थापालाई साधारण सदस्य समेत नरहने गरी कारबाही गर्न सिफारिस गरिएको छ।

नेपालभ्युज

ओलीविरुद्ध बोलेपछि एमाले कैलाली अध्यक्ष थापालाई कारबाही सिफारिस

धनगढी। नेकपा (एमाले) कैलालीका अध्यक्ष रतनबहादुर थापालाई साधारण सदस्य समेत नरहने गरी कारबाही गर्न सिफारिस गरिएको छ।

बिहीबार बसेको जिल्ला सचिवालय बैठकले पार्टीका केन्द्रीय अध्यक्ष केपी शर्मा ओलीविरुद्ध जथाभावी बोलेको, जिल्ला इन्चार्जलाई गालीगलौज गरेको भन्दै उनलाई कारबाही गर्न प्रदेश कमिटीमा सिफारिस गरेको हो।

अध्यक्ष थापाले चुनावी समीक्षाका लागि बैठक बोलाउन पटकपटक आग्रह गर्दा पनि बेवास्ता गरेका कारण उनलाई साधारण सदस्य समेत नरहने गरी कारबाहीका लागि सिफारिस सचिव डेजी पाण्डेले जानकारी दिए। बिहीबार दिउँसो २ बजे बोलाइएको सचिवालय बैठकमा पनि अध्यक्ष थापा अनुपस्थित थिए।

३० वैशाखमा सम्पन्न स्थानीय निर्वाचनमा एमालेका आधिकारिक उम्मेदवारलाई हराउन भूमिका खेलेको, पार्टी नेतृत्वविरुद्ध जथाभावी बोलेको समेत आरोप उनीमाथि छ। उनलाई ५ असारमा जिल्ला इन्चार्ज नारदमुनी रानाले २३ बुँदे स्पष्टीकरण सोधेका थिए। तीन दिनभित्र चित्तबुझ्दो जवाफ नपठाए पार्टी विधान बमोजिम कारबाही गर्ने चेतावनी दिइएको थियो। तर उनले कुनै जवाफ फर्काएनन्।

एमालेबाट सुदूरपश्चिम प्रदेशसभा सदस्य समेत रहेका थापा गत पुसमा सम्पन्न जिल्ला अधिवेशनबाट अर्का प्रत्यासी रणबहादुर चन्दलाई ४ मतले हराउँदै अध्यक्षमा विजयी भएका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved