एमाले राष्ट्रियसभा सदस्यले भेटे एमाले अध्यक्ष ओलीलाई

नेपालभ्युज

एमाले राष्ट्रियसभा सदस्यले भेटे एमाले अध्यक्ष ओलीलाई

काठमाडौं। नेकपा एमालेसम्बद्ध राष्ट्रियसभाका सदस्यहरू पार्टी अध्यक्ष केपी ओलीसँग छलफल गर्न बालकोट पुगेका छन्।

राष्ट्रियसभामा एमालेको भूमिकालगायत राष्ट्रिय राजनीतिका अन्य विषयमा छलफल गर्न राष्ट्रियसभा नेता खिमलाल भट्टराईको नेतृत्वमा मुख्य सचेतक देवेन्द्र दाहालसहित १५ सदस्य बालकोट पुगेका थिए।

राष्ट्रियसभामा उत्पति भई पारित भई प्रतिनिधिसभामा पठाएका १२ ओटा विधेयक त्यहाँबाट फिर्ता आएको छैन। प्रतिनिधिसभाको पदावधि सकिँदै गएकाले ती विधेयक त्यसै खारेज हुने सम्भावना बढ्दै गएका कारण त्यस विषयमा छलफल राष्ट्रियसभा सदस्यहरू बालकोट पुगेका हुन्।

“राष्ट्रियसभामा उपाध्यक्ष पद खाली छ भने तीन समितिका साभापति पद पनि खाली छ,” राष्ट्रियसभामा एमाले नेता रहेका भट्टराईले भने, “राष्ट्रियसभाबाट पारित भई प्रतिनिधिसभामा पुगेका १२ विधेयक अलपत्र पर्ने अवस्था आएपछि त्यस विषयमा छलफल गर्न पार्टी अध्यक्ष निवासमा गएका हौँ।”

यस्तै पार्टी अध्यक्षसँगको भेटमा आफूहरूले आगामी संघीय निर्वाचनमा पार्टीलाई एकताबद्ध बनाएर लैजाने सुझाव दिएको भट्टराईले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved