भारतीय धार्मिक पर्यटक बोकेको भारतीय रेल आज नेपाल आउँदै

१४ डिब्बामा करिब ५ सय धार्मिक यात्रु बोकेर ‘भारतीय गौरब पर्यटन रेल’ आज अपराह्न जनकपुर स्टेसनमा आउने भएको हो। रेल्वे सेवा शुरु भएपछि पहिलो पटक भारतीय रेल नेपाल आउन लागेको हो। 

नेपालभ्युज

भारतीय धार्मिक पर्यटक बोकेको भारतीय रेल आज नेपाल आउँदै

काठमाडौं। धार्मिक यात्रु बोकेर ‘भारतीय गौरब पर्यटन रेल’ आज जनकपुर स्टेसनमा आउने भएको छ। १४ डिब्बामा करिब ५ सय धार्मिक यात्रु बोकेर ‘भारतीय गौरब पर्यटन रेल’ आज अपराह्न जनकपुर स्टेसनमा आउने भएको हो। रेल्वे सेवा शुरु भएपछि पहिलो पटक भारतीय रेल नेपाल आउन लागेको हो।

यात्रामा आएका तीर्थयात्रु एक रात जनकपुरमा बास बसेर पुनः भारत फर्कने जानकी मन्दिरका महन्थ रामरोसन दासले बताए।  भारत सरकारको महत्त्वाकाङ्क्षी योजना ‘रामायण सर्किट’मा सञ्चालन हुने सो रेललाई ‘भारत गौरव पर्यटक रेल’ नाम दिइएको छ। जनकपुर आउने पर्यटकको सुरक्षा प्रबन्धका लागि विशेष व्यवस्था गरिएको छ।
भारतीय पर्यटकहरूलाई जनकपुर भ्रमण गराउन मधेश प्रदेश सरकार अन्तर्गतको उद्योग, पर्यटन तथा वन मन्त्रालयले समन्वय गर्नेछ भने जानकी मन्दिर, धनुषाधाम र जनकपुरमा दैनिक हुने गङ्गा आरतीमा उनीहरूलाई सहभागी गराइने छ।

मंगलवार साँझ सफदरगञ्ज, नयाँ दिल्ली रेल स्टेसनवाट प्रस्थान गरेको सो रेल ३ दिनपछि अयोध्या, नन्दीग्राम हुँदै रामायणकालीन स्थानहरुको भ्रमण गरेर शुक्रवार अपराह्न नेपाल प्रवेश गर्न लागेको हो।

समय तालिकाअनुसार अपराह्न १२ बजे जयनगर आईपुग्ने सो रेलले त्यसपछि नेपालको यात्रा तय गर्नेछ। शनिवार पुनः नेपाल भारत फर्कने सो रेलले बनारस, प्रयागराज, चित्रकुट, पञ्चवटी, नसिका, हम्पी, रामेश्वरम, काँचिपुरम, भद्राचलम हुँदै सफदरगञ्ज पुग्नेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved