पोखरा मर्दिदोभानको पुल भासियो

लगातारको वर्षा र सेती नदीमा आएको बाढीपछि पोखरा महानगरपालिका २५, हेम्जा र पुरनचौर जोड्ने पक्की पुलमा सवारी आवागमन रोकिएको हो ।

नेपालभ्युज

पोखरा मर्दिदोभानको पुल भासियो

काठमाडौं। पोखरा नजिकैको मर्दिदोभानस्थित सेती नदीमाथिको पुलको पिलर भासिएको छ। लगातारको वर्षा र सेती नदीमा आएको बाढीपछि पुलको पिलर भासिएको हाे। भासिएपछि पोखरा महानगरपालिका २५, हेम्जा र पुरनचौर जोड्ने पक्की पुलमा सवारी आवागमन रोकिएको छ।

आठ वर्षअघि निर्मित पुल भासिएपछि तनहुँबाट पोखरातर्फ जाने सवारी साधन रोकिएका छन्।

पुल नजिकैबाट नदीजन्य पदार्थ निकालिएको कारण पुल भासिएको स्थानीय बताउँछन्। केही लाखको आम्दानी गर्दा नगरपालिका र सरकारले करोडौंको क्षति व्यहोर्नु परेको छ। सर्वसाधारणले लामो समयसम्म सास्ती खेप्नुपर्ने निश्चित छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved