विश्वविद्यालयले गर्‍यो दीक्षान्त समारोहमा ३७ लाख खर्च

गत ६ वैशाखमा सम्पन्न दीक्षान्त समारोहमा ३७ लाख रुपैयाँ खर्च भएको विश्वविद्यालयले जनाएको छ।

नेपालभ्युज

विश्वविद्यालयले गर्‍यो दीक्षान्त समारोहमा ३७ लाख खर्च

सुर्खेत। मध्यपश्चिमाञ्चल विश्वविद्यालयले दोस्रो दीक्षान्त समारोहको आयव्यय सार्वजनिक गरेको छ। गत ६ वैशाखमा सम्पन्न दीक्षान्त समारोहमा ३७ लाख रुपैयाँ खर्च भएको विश्वविद्यालयले जनाएको छ।

विश्वविद्यालयका डीन एवं दीक्षान्त समारोह प्रचारप्रसार समितिका संयोजक डा. लिलाधर तिवारीका अनुसार अथिति सत्कार र यातायाततर्फ १३ लाख ७४ हजार खर्च भएको छ। कार्यक्रम सञ्चालन तथा स्थल व्यवस्थापनतर्फ पाँच लाख ७० हजार रुपैयाँ खर्च भएको तिवारीले जानकारी दिए।

यसवर्ष २९ जनालाई विभिन्न पदक प्रदान गरिएको थियो। समारोहमा ५१९ विद्यार्थी दीक्षित भएका थिए।

दीक्षान्त समारोहमा शिक्षामन्त्री एवं विश्वविद्यालयका सहकुलपति देवेन्द्र पौडेल, नोबेल शान्ति पुरस्कार विजेता कैलाश शत्यार्थीलगायत सहभागी थिए।

यसअघि, विश्वविद्यालयको दीक्षान्त समारोह १९ असार २०७४ मा आयोजना गरिएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved