कपिलवस्तुमा छात्रालाई साइकल वितरण

गाउँपालिकाले मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रमअन्तर्गत पालिकामा रहेका ६ ओटा माध्यमिक विद्यालयका कक्षा ९ र ११ सम्म अध्ययन गर्दै आएका ४१५ छात्रालाई साइकल वितरण गरेको हो।

नेपालभ्युज

कपिलवस्तुमा छात्रालाई साइकल वितरण
सांकेतिक फोटो।

चन्द्रौटा। कपिलवस्तुको विजयनगर गाउँपालिकाले ४१५ छात्रालाई साइकल वितरण गरेको छ। छात्रालाई विद्यालयमा नियमित आउन प्रोत्साहन गर्नका लागि निःशुल्क साइकल वितरण गरिएको हो।

गाउँपालिकाले मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रमअन्तर्गत पालिकामा रहेका ६ ओटा माध्यमिक विद्यालयका कक्षा ९ र ११ सम्म अध्ययन गर्दै आएका ४१५ छात्रालाई साइकल वितरण गरेको हो।

कार्यक्रममा गाउँपालिका अध्यक्ष गोपालबहादुर थापाले महिला सशक्त भएमात्र पालिकाको विकास सम्भव रहेको बताए। शिक्षा, स्वास्थ्यसहित प्रत्येक निकायमा पछि परेका महिलालाई अगाडि बढाउन पालिका प्रतिबद्ध रहेको पाि उनले बताए।

छोरीलाई शिक्षित र सबल बनाउन नै ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियान ल्याइएको थापाको भनाइ छ। उनले साइकल पाएपछि विद्यार्थी विद्यालयमा नियमित आउनेसँगै महिलाको शिक्षामा पहुँच वृद्धि हुने बताए।

छोरीहरूलाई शिक्षा र रोजगारीका साथै आत्मरक्षाका लागि समेत अग्रसर बनाउने लक्ष्यका साथ पालिका अघि बढेको उपाध्यक्ष लक्ष्मी थारुले बताइन्। उनले नियमित विद्यालय आउन छात्राहरूलाई आग्रह गरिन्।

साइकलले दूरीमा रहेका विद्यार्थीलाई विद्यालय आउन सहज हुने गाउँपालिका प्रशासकीय अधिकृत गोविन्द भट्टराईले विश्वास व्यक्त गरे।

बेटी पढाऊ, बेटी बचाऊ कार्यक्रमअन्तर्गत शिक्षा बीमा, महिलामैत्री शौचालयको निर्माणजस्ता कार्यक्रमलाई अघि बढाएर महिला सशक्तीकरणमा पालिकालाई अग्रपङ्क्तिमा राख्ने सोच लिएको भट्टराईले बताए।

छात्राहरुले कक्षा ८ र १० पढेपछि विद्यालय छोड्ने गरेकाले उनीहरूलाई रोक्न साइकल वितरण गरिएको बताइएको छ। यसअघि पनि २०७७÷०७८ मा विजयनगरका ९ र ११ का विद्यालयका २४० छात्रालाई साइकल वितरण गरिएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved