थप ४९ जनामा कोरोना संक्रमण

नेपालभ्युज

थप ४९ जनामा कोरोना संक्रमण

काठमाडौं। नेपालमा थप ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

देशभर गरिएको १ हजार २ सय ३४ पीसीआर परीक्षणका क्रममा ३३ जना र १ हजार २ सय ६० एन्टीजेन परीक्षणका क्रममा १६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। कोरोनाका कारण बिहीबार कसैको मृत्यु भएको छैन।

त्यस्तै थप १२ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६७ हजार ३ सय ४२ जना निको भएका छन्। हाल नेपालमा १ सय ६३ सक्रिय संक्रमित आइशोलेशनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved