अफगानिस्तान भूकम्प : मृत्यु हुनेको संख्या ९ सय २० पुग्यो, ६ सय घाइते

नेपालभ्युज

अफगानिस्तान भूकम्प : मृत्यु हुनेको संख्या ९ सय २० पुग्यो, ६ सय घाइते

काठमाडौं। अफगानिस्तानको भूकम्पमा परी मृत्यु हुनेको संख्या ९ सय २० पुगेको छ।  ६ सय बढी घाइते भएको बीबीसीले जनाएको छ।

स्थानीय समयअनुसार १ बजेर ३० मिनेटमा बुधबार बिहान अफगानिस्तानमा शक्तिशाली भूकम्प गएको थियो। अमेरिकी जियोलोजिकल सर्भे (यूएसजीएस)का अनुसार अफगानिस्तान र पाकिस्तानको बाक्लो बस्ती भएको स्थानमा महसुस गरिएको भूकम्प ६ दशमलव १ म्याग्निच्युडको थियो।

सार्वजनिक भएका तस्वीरहरूमा घरहरू भत्किएको, पहिरो गएको र उद्धारकर्ताहरूले घाइतेको उद्धार गरिरहेको देखिएको छ।

केन्द्रविन्दुभन्दा ५०० किलोमिटर टाढासम्म भूकम्पको तरंग पुगेको बताइएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved