मन्त्रीको हेरफेर र चुनावी समीक्षा गर्न सत्ता गठबन्धनको बैठक बस्दै

मन्त्रीहरूको हेरफेर र स्थानीय तहको निर्वाचनको समीक्षा गर्न सत्ता गठबन्धनसम्बद्ध पाँच दलका शीर्ष नेताहरूको बैठक बस्दैछ।

नेपालभ्युज

मन्त्रीको हेरफेर र चुनावी समीक्षा गर्न सत्ता गठबन्धनको बैठक बस्दै

काठमाडौं। मन्त्रीहरूको हेरफेर र स्थानीय तहको निर्वाचनको समीक्षा गर्न सत्ता गठबन्धनसम्बद्ध पाँच दलका शीर्ष नेताहरूको बैठक बस्दैछ। प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक बोलाएका हुन्।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार दिउँसो ३ बजे शीर्ष नेताहरूको बैठक बस्न लागेको बालुवाटार स्रोतले जनाएको छ।

उनका अनुसार बैठकमा स्थानीय चुनावको समीक्षा, सरकारका कामकारवाही र आगामी प्रदेश र संघको निर्वाचनका विषयमा छलफल हुनेछ।
बैठकमा मन्त्रीहरूको हेरफेर र आम निर्वाचनको मितिबारे समेत छलफल हुने नेताहरूले बताएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved