रवि लामिछानेको पार्टीको नामविरुद्ध निर्वाचन आयोगमा उजुरी

निर्वाचन आयोगमा सञ्चारकर्मी रवि लामिछानेले मंगलबार घोषणा गरेको राष्ट्रिय स्वतन्त्र पार्टी दर्ता नगर्न माग गर्दै निर्वाचन आयोगमा उजुरी परेको छ।

नेपालभ्युज

काठमाडौं। निर्वाचन आयोगमा सञ्चारकर्मी रवि लामिछानेले मंगलबार घोषणा गरेको राष्ट्रिय स्वतन्त्र पार्टी दर्ता नगर्न माग गर्दै निर्वाचन आयोगमा उजुरी परेको छ। बुधबार निर्वाचन आयोग पुगेर एक समूहले ‘स्वतन्त्र’ शब्द हटाउन माग गर्दै उजुरी दिएका हुन्।

उजुरीका सम्बन्धमा आयोगले अध्ययन तथा छानबिन गरेर उचित निर्णय लिने आयोगले बताएको छ। रवि लामिछानेको दल निर्वाचन आयोगमा दर्ताको प्रक्रियामा छ।

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियालाई एक समूहले उजुरी दिएर फर्किएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौड्यालले जानकारी दिए।

प्रवक्ता पौड्यालले भने– ‘‘आयोगमा एक समूहमा आएका व्यक्तिहरूले निवेदन दिएका छन्। प्रचलित कानुनबमोजिम निर्णय लिइने छ।’’
लामिछानेले गठन गरेको नयाँ पार्टीको नाममा स्वतन्त्र शब्द परेको भन्दै विभिन्न दलका नेता तथा कार्यकर्ताहरूले सामाजिक सञ्जालबाट आपत्ति जनाउँदै आएका छन्।

रवि लामिछानेको पार्टीको नाम ‘स्वतन्त्र’ राखिएको भन्दै आलोचना


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved