ब्युटीपार्लर तालिम लिन आएकी दलित किशोरी होस्टलमा मृत फेला

सरकारी  निकायले  आयोजना गरेको  ब्युटीपार्लर  तालिममा  सहभागी   रोल्पाकी  एक  किशोरी  होस्टलमा  मृत फेला  परेकी  छिन्।

नेपालभ्युज

ब्युटीपार्लर तालिम लिन आएकी दलित किशोरी होस्टलमा मृत फेला
सांकेतिक तस्वीर।

रोल्पा। सरकारी  निकायले  आयोजना गरेको  ब्युटीपार्लर  तालिममा  सहभागी   रोल्पाकी  एक  किशोरी  होस्टलमा  मृत फेला  परेकी  छिन्। रुन्टिगढी गाउँपालिका– ५  छिन्नेटाकी  १७ वर्षीय  कृष्णी  बिक  मृत  फेला  परेकी  हुन्।

सदरमुकाम लिवाङ्ग  स्थित   घरेलु  तथा  साना  उद्योग  कार्यालयले  आयोजना  गरेको  ब्युटी पार्लर  तालिममा   गएकी  उनी  होस्टलमा  सुतेको  अवस्थामा मृत  फेला  परेको  प्रहरीले जनाएको  छ।

रोल्पाका  प्रहरी  प्रमुख  डिएसपी विनोद  घिमिरेका  अनुसार  होष्टलको  कोठामा  सर्प  फेला  परेको  र  औँलामा  सानो  घाउ  देखिएकोले  सर्पले  टोकेर  उनको  मृत्यु भएको  हो  कि  भन्ने आशंका  गरिएको  छ । तर, मेडिकल रिपोर्ट  न  आए  सम्म  एकिन  भन्न  नसकिने  उनको  भनाइ  छ।  शव  पोष्टमार्टमका लागि  जिल्ला  अस्पतालमा राखिएको  छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved