भूपू गोर्खाका समस्याबारे बेलायती मन्त्री र नेपाली राजदूतबीच छलफल

भूतपूर्व गोर्खाहरूको समस्या समाधानका लागि बेलायती मन्त्रीले बेलायतका लागि नेपाली राजदूतलाई भेटेका छन्।

नेपालभ्युज

भूपू गोर्खाका समस्याबारे बेलायती मन्त्री र नेपाली राजदूतबीच छलफल

काठमाडौं। भूतपूर्व गोर्खाहरूको समस्या समाधानका लागि बेलायती मन्त्रीले मङ्गलबार बेलायतका लागि नेपाली राजदूतलाई भेटेका छन्।

गोर्खा वार्ताका लागि नेपाल सरकारको तर्फबाट संयोजक रहेका बेलायतस्थित नेपाली राजदूत ज्ञानचन्द्र आचार्य र बेलायती सरकारका तर्फबाट वार्ता टोलीको संयोजक तोकिएका मन्त्री लिओ डोकर्टीबीच लण्डनस्थित नेपाली दूतावासमा छलफल भएको नेपाली दूतावासले जनाएको छ।

भूपू गोर्खाहरूको मुद्दालाई अघि बढाउन दुवै पक्षले गर्नुपर्ने आवश्यक गृहकार्य र अन्य पक्षसँग बहुपक्षीय छलफल एवं वार्ताको मिति तोक्नेलगायत विषयमा भेटघाट केन्द्रित रहेको दूतावासका उपनियोग प्रमुख रोशन खनालले जानकारी दिए।

वार्ताको मिति भने अझै तोक्न नसकिएको तर नेपालको तर्फबाट छिट्टै वार्ता गर्न बेलायती सरकारसँग आग्रह भएको र बेलायत सरकारले केही समयमा वार्ताको मिति दूतावासलाई जानकारी गराउने गरी छलफल भएको दूतावासले जनाएको छ।

छलफलमा उपनियोग प्रमुख खनाल, मिलिटरी एट्याची कर्णेल रत्नबहादुर गोदारलगायत सहभागी रहेको दूतावासले उल्लेख गरेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved