सरकारी कर्मचारीको पोशाक लगाएर घुस माग्दै हिँड्ने पक्राउ

पर्साको वीरगन्जस्थित नापी कार्यालयमा सरकारी कर्मचारीको पोशाक लगाएका घुस लिँदै हिँड्ने एक व्यक्ति नगद रुपैयाँसहित पक्राउ परेका छन्।

नेपालभ्युज

सरकारी कर्मचारीको पोशाक लगाएर घुस माग्दै हिँड्ने पक्राउ
सांकेतिक तस्वीर

काठमाडौं। पर्साको वीरगन्जस्थित नापी कार्यालयमा सरकारी कर्मचारीको पोशाक लगाएका घुस लिँदै हिँड्ने एक व्यक्ति नगद रुपैयाँसहित पक्राउ परेका छन्। वीरगन्ज महानगरपालिका–१३ मुर्लीका ६० वर्षीय दिनेश पाण्डे एक लाख २५ हजार रुपैयाँ रकमसहित पक्राउ गरेका हुन्।

निजामती कर्मचारीको पोशाक लगाएका उनी नापी कार्यालय पर्सामा कार्यरत रहेको बताउँदै सेवाग्राहीसँग अवैध रकम असुल्दै आएका थिए।

वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरीक्षक विशाल मल्ल नेतृत्वको प्रहरी टोलीले वीरगञ्जको आदर्शनगरस्थित एभरेष्ट बैंकभित्रबाट सेवाग्राहीसँग रकम लिँदै गरेको अवस्थामा उनलाई पक्राउ गरिएको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved