दोस्रो विवाह गर्न आफ्नै अपहरणको नाटक, २० लाख फिरौती मागेपछि पक्राउ

फर्निचरमा काम गर्ने शर्मा विवाहित हुन्। उनका दुई जना छोरा र छोरी समेत छन्। १ असारमा आइएमईबाट घरमा पैसा पठाउँछु भन्दै उनी हिँडेका उनी सम्पर्कविहिन भएका थिए। उनको मोबाइल समेत स्विचअफ थियो।

नेपालभ्युज

दोस्रो विवाह गर्न आफ्नै अपहरणको नाटक, २० लाख फिरौती मागेपछि पक्राउ

काठमाडौं। आफू अपहरणमा नाटक गरी २० लाख फिरौती माग्ने युवक पक्राउ परेका छन्।

ललितपुर बस्ने सप्तरीका ३१ वर्षीय कृष्णकुमार शर्मालाई विराटनगरबाट प्रहरीले पक्राउ गरेको हो।

फर्निचरमा काम गर्ने शर्मा विवाहित हुन्। उनका दुई जना छोरा र छोरी समेत छन्। १ असारमा आइएमईबाट घरमा पैसा पठाउँछु भन्दै उनी हिँडेका उनी सम्पर्कविहिन भएका थिए। उनको मोबाइल समेत स्विचअफ थियो।

बेपत्ता भएको भोलिपल्ट अर्थात् २ असारमा उनले सामाजिक सञ्जाल इमोमार्फत् आफ्ना सालालाई अपहरणमा परेजस्तो देखिने तस्वीर र म्यासेज पठाएका थिए। म्यासेजमा २० लाख फिरौती दिएमात्रै छाड्ने उल्लेख थियो।

म्यासेज लगत्तै उनको परिवार आत्तिएर प्रहरी वृत्त सातदोबाटो पुग्यो। अनुसन्धानपछि उनले दोस्रो विवाहका लागि आफ्नो अपहरणको नाटक गरेको खुलेको हो। प्रहरीले उनलाई विराटनगरमा सुरक्षित फेला पारी सोधपुछ गर्दा उनको नक्कली अपहरणबारे खुलेको हो।

प्रहरीका अनुसार टिकटकमार्फत उनको एक युवतीसँग चिनजान भएको थियो। बिस्तारै उनीहरुबीच प्रेम बस्यो। भेट पनि भयो। त्यसपछि उनीहरुले विवाहको योजना बनाए। विवाहका लागि उनीसँग पर्‍याप्त पैसा थिएन। पैसाकै लागि उनले अपहरणको नाटक गरेका हुन्।

उनीमाथि सार्वजनिक उपद्रयाई गर्न नहुने कसूर अन्तर्गत प्रहरीले अनुसन्धान अघि बढाएको छ। उनलाई प्रहरी वृत्त सातदोबाटो पठाइएको उपत्यका अपराध अनुसन्धान विभागले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved