हैजाका लक्षणहरू के-के हुन् ? संक्रमणबाट कसरी जोगिने ?

हैजा भएको एक घन्टादेखि पाँच दिनसम्म यसका लक्षणहरु देखिन सक्छन्। हैजा भएको छोटो समयमा नै बिरामी सिकिस्त हुने गर्छन्। यसले १० जना बिरामीमध्ये १ जनालाई गम्भीर अवस्थामा पुर्‍याउन सक्छ।

हैजाका लक्षणहरू के-के हुन् ? संक्रमणबाट कसरी जोगिने ?

केही दिनयता शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा झाडापखालाका बिरामी बढ्दै गइरहेका छन्। दुई जनामा हैजासमेत पुष्टि भइसकेको छ। थप तीन जना हैजा आशंका भएका बिरामीको उपचार भइरहेको छ।

अन्य ठाउँमा भन्दा काठमाडौं उपत्यकामा हैजा फैलिसकेको जस्तो देखिन्छ। तर, अस्पताल आउने मान्छेको संख्या भने अझै पनि बढेको भने छैन।

हैजा भाइब्रियो कलेरा नामक ब्याक्टेरियाका माध्यमबाट सजिलैसँग संक्रमित व्यक्तिबाट अर्को व्यक्तिमा सर्न सक्ने पानीजन्य सरुवा रोग हो।

हैजा भएको एक घन्टादेखि पाँच दिनसम्म यसका लक्षणहरु देखिन सक्छन्। हैजा भएको छोटो समयमा नै बिरामी सिकिस्त हुने गर्छन्। यसले १० जना बिरामीमध्ये १ जनालाई गम्भीर अवस्थामा पुर्‍याउन सक्छ।

त्यस्तै, हैजाको बिरामीले समयमा उपचार पाएन भने मृत्युदर पचास प्रतिशतसम्म पुग्न सक्छ। हैजाबाट बच्नका लागि खास गरेर सरसफाइमा ध्यान दिनुपर्छ।

लक्षण

  • दिसामा तारन्तार सेतो चौलानी जस्तो पानी बग्ने,
  • पेट, हातखुट्टाको मांसपेशी बाउँडिने,
  • पेट दुख्ने,
  • वान्ता हुने,
  • थकाइ महसुस,
  • तिर्खा लाग्ने,
  • बेचैनी हुने।

यस्ता लक्षण देखिए पनि हामी नेपालीहरु अस्पताल गइहाल्दैनौँ। भोलि जाउँला, पर्सि जाउँला भनेर बस्छौँ। तर, बिरामीले बेवास्ता गर्दै जाने र हैजा नै भएको हो भने बिरामी निकै गम्भीर अवस्थामा जान सक्छ। माथि उल्लेखित लक्षणहरु देखियो भने सक्दो छिटो डाक्टरको सम्पर्कमा जानुपर्छ।

टेकु अस्पतालमा प्रायः झाडाखलाका बिरामीहरु आइरहन्छन्। तर, केही दिनयता हैजाका लक्षण भएका बिरामीको चाप बिस्तारै बढ्न थालेको छ। यसरी हैजा फैलिरहेको अवस्थालाई हामी सामान्य अवस्था मान्न सक्दैनौँ। टेकु अस्पतालमा मात्र नभएर अन्य अस्पतालमा पनि बिरामी भर्ना हुने सम्भवना बढ्दो छ।

अहिले काठमाडौंमा मात्र हैजा देखिएको छ। तर, हैजा भएको व्यक्ति अन्यत्र गएर दिसा ग¥यो भने त्यो ब्याक्टेरिया पानीमा मिसिएर ती क्षेत्रमा पनि हैजा फैलिन सक्छ।

सन् २०१० मा हाइटीमा हैजा फैलिएको थियो, जसलाई नेपालसँग जोडेर हेरिएको पनि थियो। त्यो हैजा यहाँसम्म पनि पुग्न सक्छ भन्ने हो। यसको मतलब के हो भने हैजा यहाँ भएको छ भने अर्को ठाउँमा पनि नहोला भन्न सकिँदैन। हैजा व्यक्तिले लिएर सार्ने त हो।

बच्ने उपाय

  • सरसफाइमा विशेष ध्यान दिने,
  • खाने कुरालाई राम्रोसँग पखालेर वा पकाएर खाने,
  • हैजा संक्रमण फैलिनुअघि नै यसविरुद्ध खोप लगाउने,
  • पानी उमालेर मात्र पिउने।

(डा. पुन शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको क्लिनिकल रिसर्च युनिट संयोजक हुन्।)


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप लेख

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved