बैकिङ कसुरमा अदालतबाट जरिवना ठहर भएका तामाङ पक्राउ

६ दिन कैद सजाय र १३ लाख रुपैयाँ जरिवना ठहर भएका चितवन खैरहनी नगरपालिका–४ का ३५ वर्षीय धनबहादुर तामाङ पक्राउ परेका हुन्।

नेपालभ्युज

बैकिङ कसुरमा अदालतबाट जरिवना ठहर भएका तामाङ पक्राउ
सांकेतिक तस्वीर

काठमाडौं। नेपाल प्रहरीले उच्च अदालत पाटनबाट १३ लाख रुपैयाँ जरिवना ठहर भएका एक जनालाई पक्राउ गरेको छ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले उच्च अदालत पाटनको ७ पुस २०७७ को फैसलाअनुसार ६ दिन कैद सजाय र १३ लाख रुपैयाँ जरिवना ठहर भएका चितवन खैरहनी नगरपालिका–४ का ३५ वर्षीय धनबहादुर तामाङलाई सोमबार पक्राउ गरेको हो।

ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक श्यामकुमार महतोले बैकिङ कसुर तथा सजाय ऐन, २०६४ बमोजिम उच्च अदालतले कैद र जरिवाना ठहर भएका तामाङलाई चितवनबाट पक्राउ गरिएको जानकारी दिए।

पक्राउ परेका तामाङले आफ्नो कुमारी बैंक लिमिटेड सौराहा शाखाको खातामा पर्याप्त मौज्दात रकम नहुँदा नहुँदै पीडितलाई चेक दिएर बैंकिङजन्य अपराध गरेको प्रहरीले जनाएको छ।

तामाङलाई फैसला कार्यान्वयनका लागि सोमबार नै जिल्ला अदालत चितवन पेश गरिएको प्रवक्ता महतोले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved