कालीगण्डकी उत्खनन गर्न पाउनुपर्ने गाउँपालिकाको माग सर्वोच्चद्वारा अस्वीकार

नेपालभ्युज

कालीगण्डकी उत्खनन गर्न पाउनुपर्ने गाउँपालिकाको माग सर्वोच्चद्वारा अस्वीकार
फाइल तस्वीर

काठमाडौं। गुल्मीको रूरू क्षेत्र गाउँपालिकाले कालीगण्डकी उत्खन्नका लागि दिएको निवेदन सर्वोच्च अदालतले अस्वीकार गरेको छ।

कालीगण्डकी उत्खनन रोक्न जनहित संरक्षण मञ्चका तर्फबाट वरिष्ठ अधिवक्ता प्रकाशमणि शर्माले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। उक्त रिटमा २९ असार २०७८ मा सर्वोच्चले कालीगण्डकी उत्खनन रोक्न अन्तरिम आदेश दिएको थियो।

उक्त आदेश बदरका लागि गाउँपालिकाका निवर्तमान अध्यक्ष  नीलकण्ठ गौतमले रिट निवेदन दायर गरेका थिए। आज न्यायाधीशद्वय विश्वम्भर प्रसाद श्रेष्ठ र तिलप्रसाद श्रेष्ठको इजलासले उक्त निवेदन अस्वीकार गरेको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved