प्रधानमन्त्री हुन सजिलो भए पनि काम गर्न गाह्रो छ : आरजु देउवा

देउवा पाँचपटक प्रधानमन्त्री भए पनि प्रधानमन्त्री हुन जस्तो काम गर्न सजिलो नभएको उनले बताइन्। जसकारण जनचाहनाअनुसार काम हुननसकेको उनको भनाइ थियो।

नेपालभ्युज

प्रधानमन्त्री हुन सजिलो भए पनि काम गर्न गाह्रो छ : आरजु देउवा
फाइल तस्वीर

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवापत्नी तथा नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणा देउवाले प्रधानमन्त्री हुन सजिलो भए पनि काम गर्न गाह्रो भएको बताएकी छन्।

नेपाल तरुण दल कास्कीले आज सोमवार पोखरामा आयोजना गरेको कार्यक्रममा उनले प्रधानमन्त्री देउवालाई बिहान उठेदेखि राति सुत्ने बेलासम्म फुर्सद नहुने बताइन्। उनले भनिन्, ‘‘पदमा पुगेपछि धेरै गर्छु भन्ने लागेको हुन्छ तर पूरा गर्न गाह्रो छ । प्रधानमन्त्री देउवालाई उठेदेखि सुत्ने बेलासम्म फुर्सद नहुने मैले नजिकबाट देखेको छु।’’

देउवा पाँचपटक प्रधानमन्त्री भए पनि प्रधानमन्त्री हुन जस्तो काम गर्न सजिलो नभएको उनले बताइन्। जसकारण जनचाहनाअनुसार काम हुननसकेको उनको भनाइ थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved